झापा । 

युनिभर्सल टुर्स एन्ड ट्राभल्सले हवाई टिकट उपलब्ध नगराउँदा एक हजार चार सय नेपाली कामदार रोजगारीका लागि दक्षिण कोरिया जान बन्चित भएका छन् । 

रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत रोजगारीका लागि भिसा लागेका नेपाली कामदारको हवाई टिकटको ठेक्का कोरियन एयरको नेपाली एजेन्ट युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिले पाएको छ ।

युनिभर्सल टुर्स एन्ड ट्राभल्सको सम्झौता नवीकरण हुनुपर्ने भन्दै लविङमा रहेका बेला वैदेशिक रोजगार विभागको इपीएस कोरिया शाखाले आगामी २० मंसिरसम्म नयाँ टेन्डरको सूचना निकालेको छ । त्यसपछि उक्त ट्राभलले  विभिन्न बहाना बनाएर टिकट रोकेको बुझिएको छ । 

इपीएसमार्फत रोजगारीका लागि  कोरिया जाने नेपाली  कोरियन एयरमार्फत लैजाने गरिएको छ । त्यसका लागि एकतर्फी यात्राका लागि करिब १ लाख २० हजार रुपैयाँ तिर्नुपर्ने बाध्यता छ । शाखाले आह्वान गरेको नयाँ बोलपत्रमा युनिभर्सल बाहेक अन्य कम्पनीको प्रस्ताव स्वीकृत भएमा हालको भाडा घट्ने अपेक्षा गरिएको छ । संकेत तस्वीर