झापा ।
आफैले बालेको आगोमा जलेर एक जनाको मृत्यु भएको छ । धान रुंग्नको लागि परालको टहरा बनाए सुतेका एक व्यक्तिको आगलागीमा परेर संखुवासभामा मृत्यु भएको छ ।
टहरा नजिक आफैले बालेको आगो सल्कन गई संखुवासभा चैनपुर–२ तिखिढुङ्गाका ४४ वर्षीय दुर्गाबहादुर अधिकारीको मृत्यु भएको हो । बुधवार बिहान करिब १ः१५ बजे डढेर गम्भीर घाइते अवस्थामा अधिकारी फेला परेका थिए ।
अधिकारीलाई चैनपुर आधारभूत अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि धरान ल्याउने क्रममा हिजो बिहान ९ः१५ बजेको समयमा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।