बिर्तामोड । 

छोटो समयमा राम्रो सफलता हासिल गर्दै आएको ह्वाइट एन्जल ब्यूटी एकाडेमी एण्ड सैलुन बिर्तामोड झापाले सीप सिकाएर महिलाहरुलाई बैदेशिक रोजगारीमा पठाउँदै आएको छ । 

करिव ६ महिना अघि नेपालमै पहिलो बिर्तामोडमा शाखा सञ्चालन गरेको ह्वाइट एन्जलले सिप सिकाएर दक्ष बनाएर बैदेशिक रोजगारमा पठाउने गरेको हो । 

युएईको बर दुबईमा रहेको ह्वाइट एण्ड ब्राइट एन्जलका ६ वटा ब्यूटी सैलुन सञ्चालन रहेको सञ्चालिका सुजता गिरीले जानकारी दिइन् । उनका अनुसार ह्वाइटका तीन वटा र ब्राइटका तीन वटा ब्यूटी सैलुन बर दुबईमा छन् । साथै कपडा पसल र टेलर्स पनि रहेका छन् । 

झापाली चेली सुजता गिरी र रिना बरालले सञ्चालन गरेको बर दुबईको ब्यूटी सैलुनले झापाको बिर्तामोडमा गत बैशाख १७ गते शाखा सञ्चालन गरेका थिए । 

शाखा सञ्चालन गरेको करिव ६ महिनाको अवधिमा सीप सिकाएर ३० वढीलाई रोजगारी दिइसकेको सञ्चालक गिरीले बताइन् । बिर्तामोडस्थित शनिश्चरे रोडको नेपाल बैंक छेउमा रहेको एकाडेमीले महिलाहरुलाई सीप सिकाएर दक्ष बनाएर दुबई र साउदीमा रोजगारीका लागि पठाउने गरेको बताइएको छ । बिर्तामोड शाखामा तालिमसहित विदेशी प्रोडक्टको साथमा सम्पूर्ण ब्यूटीसियन सम्बन्धी सेवा समेत दिइदै आएको छ । 

हाल बिर्तामोड शाखामा ७० बढीलाई दक्ष ५ जना प्रशिक्षकद्धारा तालिम दिइदै आएको सञ्चालिका गिरीले जानकारी गराइन् ।