सुनसरी ।

सुनसरीको बिभिन्न स्थानहरुबाट प्रतिवन्धित लागू औषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीको संयुक्त प्रहरी टोलीले  आज (बुधवार) सुनसरीका बिभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा कोशी गाउँपालिका–१ छोटी भन्सार कार्यालय अगाडीबाट भोक्राहा नरसिंह गाउँपालिका–२ का १९ बर्षीय साजन सदालाई १ ग्राम ९० मिलिग्राम लागू औषध ब्राउनसुगर, सुनसरी बराहक्षेत्र नगरपालिका–९ का २२ बर्षीय शिव चन्द्रवंशी र २० बर्षीय अभिशेक चन्द्रवंशीलाई २ ग्राम लागूऔषध ब्राउनसुगर, भारतबाट नेपालतर्फ को १४ प १९१७ नम्बरको मोटरसाईकलमा आउँदै गरेका भोक्राहा नरसिंह–५ का १९ बर्षीय नजाम मन्सुरीलाई ८३ मिलिग्राम लागूऔषध ब्राउनसुगर र प्रदेश १–०१–०१३ प ७६१५ नम्बरको  मोटरसाईकलमा चालक सुनसरी इटहरी उप–महानगरपालिका–२ का ४० बर्षीय अमित गुरुङ र पछाडी सवार ४० बर्षीय हुकुम राईलाई १ ग्राम ६ मिलिग्राम लागू औषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । 

यसैगरी इलाका प्रहरी कार्यालय चतराले लागूऔषध ट्रामोल २६ क्याप्सुल सहित बराहक्षेत्र नगरपालिका–२ का ३३ बर्षीय पवन राईलाई नियन्त्रणमा लिएको हो । प्रतिवन्धित लागू औषधसहित पक्राउ परेका सबै जनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएका छ ।