झापा ।
बीएण्डसी अस्पताल झापा बिर्तामोडका सञ्चालक दुर्गा प्रसाईंसँगै उनका १० जना सहयोगी पनि पक्राउ परेका छन् । सीआईबी प्रवक्ता होविन्द्र बोगटीका अनुसार प्रसाईंसहित उनी समर्थक १० जना पनि पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा देवी संग्रौला, यदुनाथ सिग्देल, बलबहादुर तामाङ, माधव पौड्याल, ओमप्रकाश लुइँटेल, सुदीप नेपाल, राजु रानाभाट, विश्वास सुवेदी, तुलसी विक र रमेश सिंह छन् । अरू केही अझै फरार रहेको प्रहरीले जनाएको छ ।
साइबर अपराधको आरोपमा पक्राउ परेका प्रसाईंविरुद्ध प्रहरीले आपराधिक लाभलगायत आधा दर्जन कसुरमा अनुसन्धान सुरु गरेको छ । प्रसाईंविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आपराधिक लाभ, सम्पत्ति शुद्धीकरण, साइबर अपराध, संगठित अपराध, किर्ते र बैंकिङ कसुरमा अनुसन्धान थालेको हो ।
विभिन्न व्यक्ति प्रयोग गरी अरूलाई धम्क्याएर रकम असुलीको विषयमा प्रसाईंमाथि आपराधिक लाभको कसुरमा अनुसन्धान थालिएको हो ।
‘