झापा । 

झापा मेचीनगर नगरपालिका वडा नम्बर १० धुलाबारी चोकबाट भारतबाट नेपाल तर्फ भन्सार छलेर ल्याइदै गरेको अल्कोहल प्रहरीले नियन्त्रणमा लिएको छ । 

इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले गएराति ९ः२५ बजेको समयमा बिभिन्न सवारी साधनहरु चेकजाँच गर्ने क्रममा सो सामाग्री नियन्त्रणमा लिएको हो । 

भारतबाट अवैध रुपमा भन्सार छलेर लुकाई छिपाई नेपालतर्फ ल्याउँदैं गरेको ३३७ पिस वल्ड मर्क २५४ रुपैयाँको दरले जम्मा एकलाख ३६ हजार ९५६ रुपैयाँ बराबरको अल्कोहल मदिरा नियन्त्रणमा लिएको हो ।

उक्त  अल्कोहल आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।