चारआली ।
झापाको चारआली खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको कार्यसमितिको निर्वाचनमा साझा समुहको वर्चस्व कायम भएको छ ।साझा समुहका उम्मेद्वार अध्यक्ष राजन चिमरियासहित कार्यसमितिका पदाधिकारी र एक जना सदस्य बाहेक लेखा समितिमा पनि बर्चस्व कायम गरेको हो ।
निर्वाचनको मत परिणाम अनुसार अध्यक्षका बिजयी उम्मेद्वार चिमरियाले ९ सय ११ मत प्राप्त गर्दा एमालेका अध्यक्ष उम्मेद्वार सन्तोष मेचेले ४९३ र नेपाली काङ्ग्रेसका अध्यक्ष बालकुमार बिष्टले ३७२ मत पाएर हार बेहोर्नु परेको हो ।
उपाध्यक्षमा मैया कार्कीले ६०६ मतले बिजयी भएकी छन् । उनका प्रत्यासीहरु काङ्ग्रेसका दीपा पौडेलले ३८५, एमालेका पुष्पा गौतमले ५२० मत प्राप्त गरेका छन् । सचिवका प्रत्यासीमध्ये साझाका प्रेमराज घिमिरेले ६६४ मत पाएर बिजयी भए । उनका प्रतिद्वन्द्वी एमालेका दामोदर घिमिरेले ५१६ मत र काङ्ग्रेसका राजेन्द्र रिजालले ३४२ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्ष पदमा साझा समुहका साउन मेचे बादलले ५७७ मत ल्याएर बिजयी हासिल गरे । उनका प्रतिद्वन्द्वी एमालेका प्रकाश बरालले ५५८ मत र काङ्ग्रेसका यमकान्त पौडेलले ३७८ मत प्राप्त गर्दै पराजय बेहोर्नुपर्यो ।
सदस्यमा साझा समुहका तर्फबाट सदस्य पुरुषोत्तम सिग्देलले ६१९ पाएर बिजय भए । सदस्यमा साझा समुहको चन्द्रकला तवेबुङ ६१३ निर्वाचित भइन् । खुल्ला सदस्यमा एमालेका हरिप्रसाद घिमिरे ५८३ पाएर बिजयी भए । महिला सदस्यमा अन्जु फेवादिनले ५८९ मत प्राप्त गरिन् ।
त्यस्तै लेखा समिति संयोजकमा अर्जुन खनालले ५२२ मत प्राप्त गर्दै ३ वर्षको कार्यकालको जिम्मेवारीको रेखा कोरे भने लेखा समिति खुल्ला सदस्यहरुमा रुद्रप्रसाद रिजालले ६२४ मत ल्याएर बिजयी बने भने महिला सदस्यमा रितादेबि रिजाल न्यौपानेले ५८९ मत ल्याएर निर्वाचित भएको निर्वाचन समितिका संयोजक सन्तोष न्यौपानेले बताए ।