बिर्तामोड। 

सहयोगी मनहरू नेपालको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका  अध्यक्ष भीमप्रसाद आचार्यको अध्यक्षता तथा संस्थाका मानर्थ सदस्य पूर्व जनप्रतिनिधि समिन रिजालको प्रमुख आतिथ्यमा रहेको थियो । कार्यक्रममा उपाध्यक्ष सुमनराज रिमालले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा अध्यक्ष आचार्यले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सीता अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । संस्थाका  सदस्य पुष्पराज भट्टराईले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा  तिलक डांगी , कृष्ण भट्टराई,  प्रकाश अधिकारी, यज्ञप्रसाद भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन संस्थाका सचिव बिष्णुकुमार उप्रेतीले गरेका थिए।

सामाजिक सञ्जाल टिकटकको सही सदुपयोग गरी दुःखी पीडितहरुको आलो घाउमा मल्हमपट्टी गर्न  सामाजिक तथा मानवीय कार्य गर्ने उद्देश्यले हर दुःखीको आवाज सहयोगी मनहरू नेपाल संस्था स्थापना गरिएको थियो ।

संस्थाले हालसम्म सयौ बृद्धबृद्धा र बालबालिकालाई  न्यानो कपडा, कोरोना कहरमा खाद्यान्न बितरण, बिरामीलाई उपचार सहयोग,आंखा शिविर, शैक्षिक सामग्री बितरण झुल वितरण गरिसकेको छ।

संस्थाको बन्दसत्रले आगामी दिनमा दाता र पीडितको बीचमा सामाजिक तथा मानवीय कार्य गर्ने, असहाय तथा अशक्तहरूका लागि कार्य गर्ने, अक्षयकोष व्यवस्थापन, रक्तदान, स्वास्थ्य शिविर, बृक्षरोपण, सिपमुलक तालिम, नेतृत्व तथा व्यक्तित्व विकास तालिम सञ्चालन गर्ने निर्णय गरेको छ ।

साधारण सभाको बन्दबन्दसत्रले अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको  थियो । बन्दसत्रको सञ्चालन संस्थाका संस्थाका  सदस्य पुष्पराज भट्टराईले गरेका थिए।