झापा ।
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः सीताराम न्यौपाने निर्विरोध चयन भएका छन् भने झापाका कुमार गिरी सदस्यमा चयन भएका छन् ।
महोत्तरीको बर्दिवासमा आयोजित दशौं र एघारौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा चन्द्रमणी अधिकारी, उपाध्यक्षमा कोशी प्रदेशबाट रोहित बहादुर कार्की, मधेश प्रदेशबाट रामनारायण प्रसाद यादव, बागमती प्रदेशबाट देवराज लुइँटेल, गण्डकी प्रदेशबाट लिलाधर बराल र लुम्बिनी प्रदेशबाट मिनबहादुर शाही चयन भएका छन् ।
यस्तै महासचिवमा देवराज तामाङ चयन भएका छन् भने सचिवमा उम्मेदवारी नपरेकाले पद रिक्त राखिएको छ । सह–सचिवमा बुद्धिप्रसाद आचार्य, कोषाध्यक्षमा बेचन ठाकुर बरही र सह–कोषाध्यक्षमा विनोदराज श्रेष्ठ निर्विरोध चयन भएका छन् ।
यसैगरी सदस्यमा हुमनाथ पौडेल, कुमार गिरी, तिलप्रसाद पाठक, अनोदकुमार देवकोटा, विकासनारायण श्रेष्ठ, राजकुमार रावल, राजु रेग्मी, शशीकुमार यादव र सन्तोष यादव निर्वाचित भएका छन् ।
पदाधिकारीसहित कार्यसमिति सदस्यहरुको कार्यकाल तीन वर्षको हुन्छ । बर्दिबासको साधारण सभा तथा महाधिवेशनमा देशभरबाट करिब ७८० जना प्रतिनिधिहरुको सहभागिता थियो । महासंघको कार्यसमिति २१ सदस्यीय हुने विधानमा व्यवस्था छ ।