झापा ।
झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर ५ फुलबारीमा फलामको रड प्रहारबाटबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेका बाह्रदशी–५ का ४५ बर्षिय गंगालाल माझी रहेका छन् ।
गएराति सोही स्थानका २६ बर्षिय मानकुमार राजवंशीले पुरानो रिसीविको कारण बिबाद गरि फलामको रडले टाउकोमा प्रहार गर्दा घाइते भएका माझीको उपचारका क्रममा गएराति ९ः५५ बजेको समयमा मृत्यु भएको हो ।
फलामको रडले टाउकोमा प्रहारबाट घाइते माझीलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो । अस्पताल पु¥याउन साथ चिकित्सकले चेकजाँच गर्दा मृत्यु भईसकेको भनि घोषणा गरेका थिए ।
रड प्रहार गर्ने मानकुमार राजवंशीलाई फलामको रडसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।