झापा ।
झापा बिर्तामोड नगरपालिका वडा नम्बर २ रामचौकस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । शनिवार साँझ ६ बजेको समयमा चारपानेबाट मुक्तिचौकतर्फ आउँदैं गरेको मे १० प ६०१७ नं.को स्कुटीलाई सोही दिशातर्फ आउदैं गरेको ना ३ ख ४३६४ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट स्कुटी चालक शिवसताक्षी नगरपालिका–७ की २२ बर्षिया रोजी कटुवाल घाईते भएर तत्काल बिर्तासिटि अस्पताल बिर्तामोड लगिएको थियो ।
उक्त अस्पतलामा सामान्य उपचारपछि थप उपचारको लागि बीएण्डसी अस्पतालमा लगेर उपचार भईरहेकोमा उपचारको क्रममा ८ः२० बजे उनको मृत्यु भएको हो ।
सोही स्कुटीमा पछाडी सवार सोही ठाउँ बस्ने २८ बर्षिया सरिता राउत सामान्य रहेको र स्कुटी, ट्रक र ट्रक चालक अर्जुनधारा नगरपालिका–९ का ५२ बर्षिय राज कुमार कार्कीलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । उक्त दुर्घटनका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।