बुट्टाबारी ।
असाहय, अपाङ्गता भएका व्यक्तिहरुका लागि आवास निमार्ण गर्ने उदेश्य राखेर सञ्चालन गरिंदै आएको अभियानमा सहयोग जुट्दै गएको छ । ‘स्वच्छ समाजका लागि सामाजिक अभियान’ मार्फत असाहय, अपाङ्गता, दीनदुःखी तथा गरीब व्यक्तिहरुका लागि आवास निमार्ण गर्ने हेतुले खरिद गरिएको जग्गाका लागि रकम जुट्दै गएको हो ।
अर्जनुधारा–११ निवासी सामाजिक अभियान्ता गाणेश ढुङ्गानाको पहलमा आवास निमार्ण गर्ने योजनाले सार्थकता पाउँदै गएको हो ।आवास निमाण गर्ने उदेश्य राखेर ढुङ्गाना बिगत एक दशकदेखि झापाका बिभिन्न चोक बजारमा थोत्रा प्लास्टिक तथा टुटे फुटेका सिसा संकलन गरिरहेका छन् । उनले संकलन गरेको त्यस्ता सामानबाट आएको थोरै रकमले आवास निमार्णका लागि अर्जुनधारा–११ मा २ कठ्ठा ७ धुर जग्गा खरिद गरिएको छ ।
करीब ३० लाख मुल्यमा खरिद गरिएको जग्गाको अझै रकम तिर्न बाँकी छ । जग्गा अभियानको नाममा पास भएपनि जग्गा धनीलाई रकम तीर्न बाँकी नै छ । उनको यो अभियानलाई मन पराएर साथ सहयोग गर्ने अहिले बढ्दै गएका छन् । ढुंगानालाई यतिखेर मनकारी दाताले सहयोग गर्ने क्रम बढेको हो । यहि क्रममा शनिबार आवास बनाइने स्थानमै पुगेर तीन जना दाताले नगद प्रदान गरेका छन् ।
बिर्तामोडका उद्योगपति तथा समाजसेवी कृष्ण गिरी, श्रीमती कमला गिरी र उनका छोरा निरोज गिरीले १ लाख ४१ हजार १११ र अर्जुनधारा ११ का बिराज लिम्बुले १ लाख ४१ हजार १११ र बुट्टाबारी निवासी धनमाया कन्दङ्वाले ७० हजार १ सय रुपैंयाँ सहयोग गरेका छन् ।
उक्त रकम उनीहरुले अभियानका संयोजक गणेश ढुङ्गानालाई प्रदान गरेका हुन् ।आफ्नो अभियान चाँडै पुरा हुने विश्वास ब्यक्त गर्दै ढुङ्गानाले दातालाई धन्यवाद दिए । साथै उनले जग्गाको बाँकी तिर्न रकममा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।
कार्यक्रममा दाताहरु गिरी र लिम्बुले ढुङ्गानाको काम देखेर सहयोग गरेको बताए । अभियानको आजिवन सदस्य बिपी कोइरालाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सल्लाहकार जगत राना मगरले गरेका थिए । महासचिव मोहनकुमार योगी सदस्य रोशन कन्दङ्वा तथा आर्थिक सदस्य रमा खवास लगायतले धन्यबाद दिएका थिए ।