हल्दीबारी । 

शहिद प्रजापति सापकोटाको ३८ औं स्मृति दिवस तथा प्रतिष्ठानको ८ औ वार्षिक साधारणसभा बाहदशी–५ मा सम्पन्न भएको छ। झापा क्षेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्य छबिलाल चुडालको प्रमुख आतिथ्यमा आज (शनिवार) स्मृति दिवस तथा साधारणसभा सम्पन्न भएको हो । 

 प्रतिष्ठानका अध्यक्ष त्रिलोचन सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा शहिद प्रजापतिका सुपुत्र बिरेन्द्र सापकोटाको, नेकपा एमाले बाह्रदशी गाउँ कमिटी अध्यक्ष अनिल सापकोटालगायत स्थानीय नेता, कार्यकर्ता, साधारण सदस्य,आजिवन सदस्यहरूको उपस्थिति रहेको थियो ।

सहिदहरूको शालिकमा माल्यारपण तथा १ मिनेट मौनधारण गरे पश्चात ब्यानर बाचन गरी प्रमुख अतिथिबाट कार्यक्रमको उद्घाटन गरिएको थियो। साथै साधारणसभाले वार्षिक प्रतिबेदन तथा आर्थिक प्रतिबेदन पारित गर्दै ९ सदस्य कार्य समिति निर्वाचित गरेको थियो ।

प्रतिष्ठानको अध्यक्षमा पुनःत्रिलोचन सापकोटा,  उपाध्यक्षमा कृष्ण अधिकारी, सचिवमा कमल दाहाल, सह–सचिब बिश्वनाथ न्यौपाने र कोषाध्यक्षमा कमला सेडाई सर्वसम्मत चयन भएका छन् । यसैगरी सदस्यमा मेदनी शिवाकोटी, अनिल सापकोटा, भरत चापागाईं, ईन्दिरा गजमेर, माया लिम्बु  चयन भएका छन् । 

सोहि कार्यक्रमकाबिच शहिद प्रजापति स्मृति  प्रतिष्ठानको अपुरो भवन निर्माण कार्य सम्पन्न गर्नका निमित्त कोशी प्रदेश सरकारबाट २२ लाख बजेट बिनियोजन भएको जानकारी समेत गराएको थियो ।  प्रतिष्ठानको अधुरो भवन सम्पन्न गर्ने कार्यको शिलान्यास प्रमुख अतिथिले गरेका थिए । 

प्रतिष्ठानका आगामी कार्य योजनाहरूमा सदस्यहरूलाई कृषि लगायत उधमशिल तालिमहरू सञ्चालन गर्ने, कम्पाउन घेराबेरा गर्ने, सदस्यहरूलाई अवलोकन भ्रमण गराउने, एम्बुलेन्स खरिद गर्ने, अपुरो भवनलाई पूर्णता दिने साथै सदस्यहरूलाई बिउ बिजन बितरण गरिने जनाइएको छ।