झापा । 

तराईमा आजदेखि सिसो बढेको छ । तराईसहित झापाका आज मंसीर १ गतेदेखि हुस्सु र कुहिरो शुरु भएसँगै चिसो बढेको छ । देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। मध्य तराई भु–भागका थोरै स्थानहरुमा हल्का हुस्सु–कुहिरो लागेको अवस्था छ ।

आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश  र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राती कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

आगामी २४ घण्टा तराईका क्षेत्रमा बिहानीपख र राती बाक्लो हुस्सु र कुहिरोको संभावना रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।