झापा ।
दार्चुलामा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ। शुक्रबार शैल्य शिखर नगरपालिका–६ मा मालिकार्जुन धामको मेलाबाट फर्किरहेका दर्शनार्थीहरू सवार जिप दुर्घटनामा परेको थियो।
गोकुलेश्वर आउँदै गरेको करिब १२ जना सवार १ ज ३३८ नम्वर जीप सडकबाट तीन सय मिटर तल खस्दा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको हो ।
दुईजनाको परिचय खुलेकोे छैन । दुर्घटनामा परी घाइते भएका चार जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। जिपमा सवार १२ जना खुलेको प्रहरीले जनाएको छ।