शनिश्चरे । 

झापाको अर्जुनधारा नगरपालिका–७ बाट नौ वटा ट्याक्टर नियन्त्रण गरिएको छ । आज (बिहीवार) मध्यान्ह १२ बजेको समयमा प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरि लोड गरेका ९ वटा सवारी नियन्त्रणमा लिएको हो । 

अर्जुनधारा–७ बिरिङ्ग खोलामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस शनिश्चरे झापा बाट आई.डि.नं. १२३९ का सहायक प्रहरी नायव उपरिक्षक दिव्यराज कोइरालाको कमाण्डमा १४ जना, प्रहरी चौकी शनिश्चरेबाट प्रहरी सहायक निरिक्षक नेत्र चौलागाईको कमाण्डमा ५ जना र अर्जुनधारा नगरपालिकाको नगर प्रहरी सहायक निरिक्षक आईन्द्र तामाङको कमाण्डमा ५ जनाको संयुक्त गस्ति टोलीले ती ट्याक्टरहरु नियन्त्रणमा लिएको छ । 

निषेधित क्षेत्रमा मे १ त ८८६६, मे १ त ५३२६, प्र १–०१–००१ त ९३००, मे १ त ७५२९, मे १ त ८४२०, मे १ त ६०८०, मे १ त २४८३, मे १ त ७२९४ र एउटा नम्बर नभएको ट्याक्टर नियन्त्रण गरिएको बुझिएको छ । 

ती ट्याक्टरहरु अर्जुनधारा–७ बिरिङ खोलाको निषेधित क्षेत्रमा अवैध रुपमा बालुवा उत्खनन गरी लोड गरिरहेको अवस्थामा नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि आजै १२ः२० बजे अर्जुनधारा नगरपालिकाको कार्यालय पठाईएको प्रहरी स्रोतले जनाएको छ । संकेत तस्वीर