बिर्तामोड । 

 झापाको बिर्तामोडमा सुतेकै ठाउँमा एक जना मृत फेला परेका छन् । आँखाको उपचार गर्न मेची आँखा अस्पताल आएका भारतको सोनिकपुर घर भई हाल बिर्तामोड–३ स्थित बलराम खनालले सञ्चालन गरेको आशाम भवन एण्ड लजमा भाडामा बस्दै आएका ५६ बर्षिय रामबहादुर भुजेल ओछ्यानमै मृत अवस्थामा भेटिएका हुन् । 

गत कार्तिक २७ गतेदेखि सो लजमा बस्दै आएका भुजेलको आज (बिहीवार) बिहान ७ः३० बजेको समयमा ओछ्यानमै मृत भेटिएका हुन् । मृत अवस्थामा रहेको भनि मृतकै साथमा आएका सोही स्थान घर बताउने ५६ बर्षिय धनबहादुर लामाले जानकारी गराउना  साथ प्रहरी चौकी बिर्ताबजारबाट प्रहरीको टोली घटनास्थल गएर घटना स्थल सुरक्षित राखेको छ । 

घटनाको बिषयमा थप अनुसंधान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडबाट प्रहरी निरिक्षक सन्तोष राईको टोली जाने तयारी भईरहेको बुझिएको छ । मृतकको आफन्तलाई जानकारी भईसकेको प्रहरीले जनाएको छ ।