झापा । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६स्थित पुरानो मेचीपुलबाट प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी–११ दुधेका २२ बर्षिय रोशन दंगाल र इलामको फाकफोकथुम गाँउपालिका–१ का २७ बर्षिय बिशाल मगर छन् । 

उनीहरुलाई लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले बुधवार साँझ अलग–अलग समयमा नियन्त्रणमा लिएको हो । दंगाललाई प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोईन प्लाष्टिक बाहेक ४ ग्राम ५३० मिलिग्राम फेला परेको थियो । 

यसैगरी भारतबाट सिटीसफारीमा नेपालतर्फ आउँदै गरेका मगरको साथबाट खैरो हेरोइन प्लाष्टिक प्लाष्टिक बाहेक १ ग्राम ७६० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । 

नियन्त्रण गरिएको उनीहरुलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखि थप अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।