सुनसरी।
सुनसरीको धरान उप–महानगरपालिका–१७ खैरेनीको सुप्रिम एग्रिकल्चर कृषि फर्मबाट लागू औषध गाँजासहित फर्मका सञ्चालक मनिराज राईलाई प्रहरीले पक्राउ गरेको छ ।
गएराति कृषि फर्ममा लागूऔषध गाँजाको कारोबार भई रहेको छ भन्ने विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सञ्चालक राईलाई पक्राउ गरेको हो ।
फर्मको कोठामा १० वटा प्लास्टिकको बोरामा लुकाई छिपाई राखेको अवस्थामा ३०७ किलोग्राम गाँजा बरामद गरेको हो । फर्मबाट गाँजा बरामद भएसंगै फर्म सञ्चालक धरान–१३ का ४४ बर्षीय मनिराज राई समेतलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।