झापा । 

झापाको काँकरभिट्टाबाट लागू औषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर–६ पुरानो मेचीपुलबाट मंगलबार साँझ उनीहरुलाई नियन्त्रण गरिएको हो । लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोली अलग–अलग समयमा उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भारतबाट सिटी रिक्सामा नेपालतर्फ आउँदैं गरेका रौतहटको गरुडा नगरपालिका–५ का २१ बर्षिय रमोध राय यादव, भारतबाट सिटिसफारीमा नेपाल तर्फ आउँदैं गरेका लमजुङ जिता गाबिस– ३ हाल तनहुँको व्यास नगरपालिका–१० का २८ बर्षिय उत्सव पौडेल र नुवाकोट बेलकोटगडी नगरपालिका–१३ घर भई हाल काठमाडांै टोखा नगरपालिका–३ बस्ने ४० बर्षिय अर्जुनराज पाण्डे छन् । 

यादवलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागु–औषध खैरो प्लाष्टिक बाहेक ८ ग्राम ७९० मिलिग्राम फेला परेको थियो ।  यसैगरी उत्सव पौडेललाई पनि शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइन प्लाष्टिक बाहेक ८ ग्राम ६१० मिलिग्राम फेला परेपछि उनीसंगै रहेकाका उनको साथी अर्जुनराज पाण्डेलाईसमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

नियन्त्रण गरिएका तीनै जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।