झापा ।
तास खेली रहेको अवस्थामा झापाबाट १४ बुङ तास र नगदसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गएराति १२ः १५ बजेको समयमा बाह्रदशी गाउँपालिका वडा नम्बर ५ फुलबारीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
बाह्रदशी गाउँपालिका वडा नं. ५ फुलबारीका अन्दाजी ४२ बर्षिय धर्मेन्द्र साहको घरमा जुवा÷तास खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको १५ जनाको प्रहरी टोलीले ७ जना जुवाडेलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाह्रदशी–५ घरधनि ४२ धर्मेन्द्र साह, सोही स्थानका ४५ बर्षिय तजयमुल हुसेन, बाह्रदशी–४ का ३९ बर्षिय भुजकर आलम, सोही स्थानका ३६ बर्षिय भोला सहनी, ३९ बर्षिय कमल देबनाथ गणेश, हल्दीबारी गाउँपालिका वडा नं. १ का ३४ बर्षिय सरल राई र सोही स्थानका ५७ बर्षिय जगदिश चौधरी छन् ।
उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद ८४ हजार ६७० रुपैयाँ, मोबाइल फोन ३ थान र १४ बुङ्ग ताससहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नियन्त्रण गरिएका सातै जना जुवाडेलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । संकेत तस्वीर