झापा ।
झापाका पाँच वटा स्थानीय तहले आज (मंगलबार) सार्वजनिक बिदा दिएका छन् । हरिबोधिनी एकादशीका दिन झापाका दक्षिणी भेगका पाँच वटा पालिकाले स्थानीय विदा दिएका हुन् ।
झापाको हल्दीवारी, कचनकवल, झापा र गौरीगञ्ज गाउँपालिका र भद्रपुर नगरपालिकाले आज स्थानीय विदा दिएका छन् । आदिवासीहरुले ठूलो एकादशीलाई महान पर्वको रुपमा मनाउने गरेका छन् ।
आदिवासीहरुको बाहुल्यता रहेको पालिकाहरुले आज विदा दिएका हुन् । हरिबोधनी एकादशीलाई सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने गरिन्छ ।
हरिशयनी एकादशीका दिन अर्थात आज घर–घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिदिने परम्परा रहि आएको छ ।