विराटनगर ।
मोरङ र सुनसरीबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ । आइतवार अस्थाई प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१७ मटेर्वाबाट विराटनगर–११ पिचराका ३७ बर्षीय राजेन्द्र पोखरेल र विराटनगर १० तिनटोलियाका ४२ बर्षिय कुशल थापालाई ब्राउन सुगर ५९० मिलिग्राम सहित पक्राउ गरिएको छ ।
यसैगरी आइतवार साँझ साँढे ५ बजे लागुऔषध व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर १६ हुलास चौकबाट ब्राउन सुगर ३ ग्राम ६४ मिलिग्राम सहित सुन्दरहरैचा नगरपालिका–६ का ३२ बर्षीय युवराज खड्कालाई पक्राउ गरिएको थियो ।
त्यसैगरी राती सँवा ८ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपालिका–३ स्थित धरान–१५ का २४ बर्षीय राम श्रेष्ठ र धरान १६ बस्ने २२ बर्षीया मेलिना राईलाई ब्राउन सगुर ५२० मिलिग्रामसहित पक्राउ गरिएको छ । लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका सबै जनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।