झापा।

छिमेकीको घरपालुका जनावर राँगोले हानेर कनकाई नगरपालिका–५ तल्लो चप्रामारीकी एक महिला सख्त घाइते भएकी छन् । शुक्रवार दिउँसो २ बजे तल्लो चप्रामारी टोल बस्ने गादु मियाले आफ्नो राँगो घर अगाडि खेतमा बाँधेकोमा सो राँगोले डोरी चुँडाएर छिमेकी ५० वर्षीया सरस्वती पराजुलीलाई हानेर घाइते बनाएको हो ।

 घाइते पराजुलीको कम्मरमुनिको भाग नचल्ने भएको छ । उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको र अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।

यसअघि कात्तिक १४ गते आफ्नै गोरुले हानेर गौरादहमा एक जनाको मृत्यु भएको थियो भने अर्का घाइते भएका थिए । गौरादह–७ जामबारी बस्ने अन्दाजी ४८ वर्षीय कृष्ण शर्माको आफ्नै गोरुले हानेर मृत्यु भएको थियो । संकेत तस्वीर