- दीपक उप्रेती
हल्दीबारी ।
पाथिभरा सिंहकाली धार्मिक तथा पर्यटकीय बिकास क्षेत्रले बहुप्रतिष्ठित छठीमैया र सूर्यदेवको मूर्तिको प्राण प्रतिष्ठा कार्य सम्पन्न भएको पाथीभरा छठपूजा उप–समितिका संरक्षक नितेश शाहले जानकारी गराएका छन् ।
झापाको हल्दिबारी–४ बडाबारीमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्रमा गत २०७४ सालमा मन्दिरको शिलान्यास भएर २०७६ सालमा मन्दिर निर्माणकार्य समापन भए पनि शिला मूर्तिको ब्यवस्थापन भने २०७९ सालमा भएको थियो ।
२०७२ सालदेखि पछिल्लो २०७९/८० सम्म माटोको मूर्ति निर्माण गरि पूजा आजा गर्दै आएको थियो । मूर्ती खरीदको लागि २०७९ सालमा स्थानीय सरकार द्वारा बिनियोजित २५ हजार रुपैयाँ मुल समितिले निकासा गरी खर्च गरेको र हालसम्म सापटीको रुपमा रहेको अन्य बक्यौता रकम ७० हजार रुपैयाँ स्थानीय भक्तजनहरु, वडा तथा हल्दीबारी गाउँपालिकाबाट २०८१ मा सहयोग बिनियोजन गर्ने आशासहित ब्यवस्थापन गरिने धार्मिक तथा पर्यटकीय क्षेत्रका अध्यक्ष जय पोखरेलसहित पदाधिकारीहरुले सहमति गरि प्राण प्रतिष्ठान कार्यमा भएको बिलम्बता हट्ने बिश्वाससहित संरक्षक नितेश शाहले मूर्ती हस्तान्तरण गरेको जानकारी दिएका छन् ।
हल्दीबारीको भूगोलमा मन्दिरसहित मूर्ती राखेर छठी पुजन गर्ने घाट नेपालकै पहिलो रहेको दाबी समेत गरेकोले स्थानीय सरकारको अपनत्वसहित यहाँ आयोजना गरिने ८ दिवसीय धार्मिक तथा सांस्कृतिक मेलाको उचित प्रचारप्रसार गर्न सके पाथीभरा सिंहकाली धार्मिक तथा पर्यटकीय क्षेत्र नेपालकै उत्कृष्ट गन्तब्य बन्न सक्ने सम्भावना रहेको देखिन्छ ।
२०७३ सालमा स्थानीय हरुको अथक प्रयासले मन्दिरको सिलान्यास गरि पिछडा बर्गको ५६ हजार, नेता कृष्ण सिटौलाद्वारा २ लाख ५ हजार, हल्दीबारी गाउँपालिकाद्वारा ३ लाख ९४ हजार र स्थानीय समावेसी समाज द्वारा श्रमदान र नगद १ लाख ५० हजार रुपैयाँ बरावर आर्थिक सहयोग संकलन गरि पूर्व संरक्षक स्व. ठाकुरप्रसाद शाहको अगुवाई र दिलिप शाह, नितेश शाहसहित रेम खरेल, भानु भन्डारी, गेहनाथ गौतम, सीताराम कोईराला, लक्ष्मी ओली, मदन मगर,र सतानु रायको निरन्तर प्रयासमा निर्माणकार्य समापन गरेको थियो । साथै ८ दिवशीय मेलाको आयोजन गर्दै आएकोमा २०८१ सालमा १ दिवशीय मेला आयोजना गरिएको थियो ।