बिर्तामोड । 

बन्दगी युवा परिवारले तिहारको अवसर पारेर आयोजना गरेको देउसीभैलो कार्यक्रमका कलाकारलाई पिकनिकसहित सम्मान गरेको छ ।  झापाको बिर्तामोड–४ को बन्दगी युवाले आज (शनिवार) झापाको कनकाई नगरपालिकास्थित धनुषकोटी धाममा बनभोज कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । 

yuwa

बन्दगी युवाले देउसीभैलो अन्तरगत आयोजना गरेको नाच कार्यक्रममा सहभागी कलाकार, साउण्ड सिस्टम अप्रेटर, सवारी चालकसहित २० जना बढीलाई सम्मान पत्रले सम्मान गरेको हो । 

बन्दगी युवा परिवारका अध्यक्ष धनसिंह राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड–४ का वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्य तथा बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीको बिशेष आतिथ्य रहेको थियो । 

लक्ष्मीपूजादेखि शुरु गरिएको देउसीभैलो कार्यक्रम बिर्तामोड, मेचीनगर नगरपालिका र हल्दीबारी गाउँपालिकामा खेलाइएको अध्यक्ष धनसिंहले बताए । उनका अनुसार देउसीभैलो अन्तरगत आयोजित नाचगान कार्यक्रमबाट करिव एक लाख ७९ हजार रुपैयाँ संकलन भएको थियो । 

स्वागत बन्दगी युवा परिवारका सल्लाहकार प्रबिन राजवंशीले गरेको कार्यक्रममा प्रमुख अतिथि शर्मा, बिशिष्ट अतिथि बुढाथोकी, नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई, नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बा, बिर्तामोड–३ का वडा सदस्य हरि बास्कोटा, मण्डा टोलविकास संस्था बिर्तामोडका अध्यक्ष बिजय बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन बन्दगी युवा परिवारका सचिव विरेन्द्रसिंह राजवंशीले गरेका थिए । 

कार्यक्रममा कार्यपालिका सदस्य जगतबन्धु राजवंशी, माओवादी बिर्तामोड नगर उपाध्यक्ष कमलप्रसाद कडरिया, सचिव गणेश कालिकोटेलगायतको आतिथ्य रहेको थियो । बनभोज कार्यक्रममा कलाकारहरुले बिभिन्न नृत्य प्रस्तुत गरेर मनोरन्जनसमेत गराएका थिए ।