झापा ।
झापामा तास खेलिरहेको अवस्थामा नगदसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज (शुक्रवार) बिहान राति १ः ३० बजेको समयमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर –११ नहर चौकस्थित चन्द्रमणि रिमालको घरमा तास खेलीरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीको टोलीले नगदसहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो ।
उक्त स्थानमा रित पुर्वक खानतलासी गर्दा घरको भुई तलामा रहेको कोठामा घरधनि चन्द्रमणि रिमालसहित उनीहरुलाई पक्राउ गरिएको छ । उनीहरुले तासको खाल राखि हार मारको लागि नगद रकम समेत बाजि राखेर तास खेलिरहेको अवस्थामा एक बुङ तास र नगद चार लाख ५४ हजार ५ सय समेत बरामद गरेको छ ।
पक्राउ पर्नेमा शिवसताक्षि–११ का ६२ बर्षिय चन्द्रमणि रिमाल, शिवसताक्षी–५ का ३३ बर्षिय मुकेश राउत, शिवसताक्षी–११ का ४५ बर्षिय राजेन्द्र बास्कोटा, शिवसताक्षी–४ का २४ बर्षिय सेवराज राजवंशी, शिवसताक्षी–७ का ५४ को छत्र बहादुर सोडारी, शिवसताक्षी–६ का ४८ बर्षिय लोकनाथ दुलाल, शिवसताक्षी–११ का ४९ बर्षि दिपेन्द्र घिमिरे छन् ।
यसैगरी शिवसताक्षी–९ का ३३ बर्षिय निरज दुलाल, शिवसताक्षी–४ का ३६ बर्षिय रुपनारायण साह, शिवसताक्षी–७ का ६१ बर्षिय मणि खड्का, सोही स्थानका ३२ बर्षिय राजु दर्जी, ५१ बर्षिय तुला सुब्बा, ६९ बर्षिय सितारम कार्की, ४३ बर्षिय खडीबहादुर श्रेष्ठ, शिवसताक्षी–११ का ४७ बर्षिय राजेद्र बुबर, शिवसताक्षी–४ का ३५ बर्षिय मनोज साह, शिवसताक्षी–९ का ५६ बर्षिय मोहनप्रसाद दुलाल र गौरिगञ्ज गाउँपालिका–१ का ४७ बर्षिय हरि राजवंशी रहेका छन् ।
नियन्त्रण गरिएका उनीहरु सवैको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । संकेत तस्वीर