झापा । 

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठपर्व सम्पन्न गरिएको छ। जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठ पर्व सम्पन्न भएको हो। व्रतालुले बिहीवार अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर खोला, नदी, तलाउ किनारमा रातभर आग्राम बसेका थिए। ब्रतालुहरुले आज (शुक्रवार) बिहान उस्ताउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पूजा सम्पन्न भएको हो । 

 उनीहरूले ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाँजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाकीमा राखी परिवारका सम्पूर्ण सदस्यसहित अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन्।

पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकांक्ष पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक सूर्यदेव र छठी माताको आराधना गर्ने परम्परा छ। ​मिथिलाञ्चलको महान् पर्व छठ अहिले तराई–मधेशका साथै काठमाडौं उपत्यकामा समेत मनाउने गरिदै आएको छ । 

छठको विधि कार्तिक शुक्ल चतुर्थीमा आरम्भ भई सप्तमीमा समापन हुने गर्छ । झापाको बिरिङ, मेची, रतुवा, कनकाई, निन्दा, अधुवा खोला तथा साना नदी तथा खोला र तलाउ किनारमा घाट निर्माण गरी ब्रतालुहरुले छठ पूजा आरम्भ गरेका थिए । उक्त घाटमा हजारौको संख्यामा ब्रतालुहरुले आज उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा सम्पन्न गरेका छन् । झापा प्रत्येक खोलामा आयोजना गरिएको पूजामा लाखौं भक्तजनहरुको उपस्थिति रहेको थियो । फाइल तस्वीर