झापा । 

झापाका दुई स्थानमा आगलागी भएको छ । गएराति भएको छुट्टाछुट्टै आगलागीमा १० लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको छ । गएराति बिर्तामोड–८ प्याकुरेल चोकमा गएराति ८ः३० बजे र झापा गाउँपालिका–३ सिमलवाडी लालमोहरमा आज बिहान १ः३० बजेको समयमा आगलागी भएको हो । 

बिर्तामोड–८ प्याकुरेल चोकका शिवलाल गौतमको घरसँगै रहेको सिमेन्टको गाह्रो, टिनको छानो भएको भन्छा कोठामा अचानक आगोलागी हुँदा किचन पूर्ण रुपमा जलेर किचेन भित्र रहेको २ वटा ग्याँस सिलिण्डर पड्किएको थियो । 

अगालागीबाट १ वटा ग्यास चुला, अन्य भाडा बर्तन, अन्नपात, १ वटा स्कुटर र घरको दक्षिण साईडको बरण्डाको भाग समेत जलेर नष्ट हुँदा अन्दाजी १० लाख रुपैयाँ वरावरको क्षति भएको छ । 

उक्त आगो निभाउने क्रमासोही स्थानका मोहन तिमल्सिनाको हात, खुट्टा, गाला र ढाडमा सामान्य पिल्सिएको थियो भने स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात डिस्चार्ज भएको थियो । उक्त आगालागी प्रहरी टोली, स्थानिय र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा राति ९ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । सो सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । 

यसैगरी आज बिहान १ः३० बजेको समयमा झापा गाँउपालिका ३ सिमलवाडी लालमोहरस्थित वसिया हेमरमको भान्सा कोठामा रहेको चुलोवाट आगो सल्किएर जस्ता पाताले बारेको जस्ता पाताको छानो भएको सखुवा र सिमेन्टको खम्वा भएको घर र आगलागी हुँदा भान्सा घर जलेर नष्ट भएको छ । 

उक्त आगालागीबाट सो घरमा रहेको नगद  १० हजार, १० वटा कुखुरा, जस्ता पाता, धान ८ मन, चामल ३ बोरा, लत्ताकपडा, भाडाकुडा समेत गरी अन्दाजी ९० हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । 

 उक्त  आगलागी प्रहरी र स्थानियको सहयोमा आज बिहान २ वजे नियन्त्रणमा आएको थियो । सो सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।