लक्ष्मीपुर ।
श्री छठ युवा फ्रन्ट बिर्तामोडले छठ पूजाका लागि सरसफाई कार्यक्रम गरेको छ । फ्रन्टले आज (बुधवार) लक्ष्मीपुर चोकदेखि छठ पूजा स्थल बिरिङ खोलासम्म बिभिन्न सामाजिक संघ/संस्थाको सहभागीतामा सरसफाई कार्यक्रम गरेको हो ।
बिरिङ खेलामा हुने छठ पूजालाई भब्य र सब्य बनाउन सरसफाई कार्यक्रमको आयोजना गरिएको फ्रन्टका अध्यक्ष अमरजीत रौनियारले जानकारी दिए ।बिहान ७ बजे लक्ष्मीपुर चोकबाट शुरु भएको सरसफाई कार्यक्रममा बिभिन्न सामाजिक संस्थाको समेत सहभागीता रहेको थियो ।
सरसफाई कार्यक्रमको उद्घाटन कनकाई–८ का वडाध्यक्ष लीलाबहादुर कटुवालले गरेका थिए । कार्यक्रममा बिर्तामोड–२ का वडाध्यक्ष किशोरकुमार पौडेल, नेपाली कांग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौला, श्री छठ समाज सेवा समिति बिर्तामोडका अध्यक्ष रामेश्वर दृवेदी, वीरता जेसीज बिर्तामोडका अध्यक्ष विकास बस्नेत, इलाका प्रहरी कार्यालय घैलाडुब्बाका इन्चार्ज खुदु मुर्मु, युवा नागरिक समाज झापाका अध्यक्ष केशव भण्डारीको पनि सहभागीता रहेको थियो ।
त्यसैगरी बिर्तामोड खानेपानीका अध्यक्ष मेघराज बास्तोला, युवा नागरिक समाज अर्जुनधाराका अध्यक्ष सुजन शिवाकोटीलगायतको सहभागीता रहेको थिए ।
स्वागत फ्रन्टका उपाध्यक्ष अभिषेक शाहले गरेको कार्यक्रममा सरसफाई कार्यक्रमको संयोजकमा दिपचन शाह र सह–संयोजकमा दीपक शाह रहेका थिए । संक्षिप्त उद्घाटन कार्यक्रमको सञ्चालन फ्रन्टका महासचिव संजय शाहले गरेका थिए ।
दशै र तिहार समापनलगतै शुरु भएको छठ पूजाको रौनक झापामा पनि देखिएको छ । झापाको बिरिङमा छठ पूजाका लागि करिव ४०० पन्डाल निर्माण गरिएको आयोजकले जनाएको छ । भोली बिहीवार बिभिन्न सांस्कृतिक कार्यक्रम गरेर साँझ ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर जाग्राम बसेर शुक्रबार बिहान उदाउदो सूर्यलाई अर्घ दिएपछि पूजा समापन हुनेछ ।