बिर्तामोड । 

श्री छठ समाज सेवा समिति बिर्तामोडले छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । बिर्तामोडस्थित सचिवालयमा आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा समाजद्वारा बिरिङ खोलामा आयोजना गर्न लागिएको पूजाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

chhat biring

अध्यक्ष रामेश्वर द्विवेदीले छठ पूजा २०८१ सहित बृहत सांस्कृतिक कार्यक्रम गरिने बताए । २२ गते बिहीबार कनकाई–८ स्थित बिरिङ खोलामा हुने पूजाका लागि  पूजा घाट निर्माण कार्य धमाधम भइरहेको जानकारी दिए । उनले ४०० बढी पूजा घाट निर्माण भइरहेको बताए ।

कार्यक्रम संयोजक राजकुमार गुप्ताका अनुसार पूजा स्थलमा करिब एक हजार बढी डाला राख्न सकिनेछ । पूजाको घाट व्यवस्थापनका लागि करिब १३ लाख रुपैयाँ खर्च हुने उनले बताए ।

पूजा सम्पन्न गर्न समितिले विभिन्न सात वटा उपसमिति गठन गरेको छ । राजकुमार गुप्ताको संयोजकत्वमा मुल आयोजक समिति, मनोज चौधरीको संयोजकत्वमा अर्थ ब्यवस्थापन समिति, शंकर भगतको संयोजकत्वमा घाट तथा कुपन ब्यवस्थापन समिति, संगीता रौनियारको संयोजकत्वमा प्रचारप्रसार समिति, सत्यनारायण चौधरीको संयोजकत्वमा प्रसाद ब्यवस्थापन समिति, असोक चौधरीको संयोजकत्वमा मञ्च ब्यवस्थापन समिति र मनोज रौनियारको संयोजकत्वमा अतिथि सत्कार समिति गठन गरिएको बताइएको छ ।

छठ पूजाको तयारी खरिव ८० प्रतिशत सम्पन्न भइसकेको महासचिव अशोककुमार चौधरीले जानकारी दिएका छन् ।पूजामा शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासनसँग समन्वय गरिएनुका साथै समितिले पनि स्वयम सेवक खटाउने पूर्व अध्यक्ष धनश्याम चौधरीले बताएका छन् । पूजामा करिव १५ हजार भक्तजन सहभागी हुने आयोजकको अनुमान छ ।

पूजामा बिर्तामोड, चारपाने, अर्जुनधारा, लक्ष्मीपुर, दुर्गापुरलगायतका स्थानबाट ब्रतालुहरु आउने आयोजक समितिले जनाएको छ ।