झापा । 

झापाको दमक नगरपालिका वडा नम्बर ६ नमुना मार्ग सोही स्थानका अस्तव आलमले सञ्चालन गरेको नमुना सटिङ सुटिङ टेलरमा काम गर्ने कामदारबिच बिवाद हुँदा छुरा प्रहार भएको छ । 

दमक–७ का २७ को सोनु अहमतलाई सुनसरीको धरान उप–महानगरपिलाका–३का २९ बर्षिय एजात अहमतले देनदेनको बिषयलाई लिएर भएको बादबिवाद धारीलो हतियार छुरा प्रहार गरी घाइते बनाएका हुन् । 

सोमवार १२ः५० बजेको समयमा सोनु अहमतको पेटको बाँया पट्टी प्रहार गरी घाईते बनाई लाईफलाईन अस्पताल दमकमा सामान्य उपचारपछि थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याएईको थियो भने थप उपचारका लागि सोनुलाई आफन्तले धरान घोपा अस्पताल लगेका प्रहरीले जनाएको छ । 

 रेफर छुरा प्रहार गर्ने एजात अहमत तत्काल प्रदेश न.१–०२–०४५ प ६३१९ नम्बरको स्कुटीमा फरार भएका थिए । उनी दमक–६ गणतन्त्र चोकमा आफै अनियन्त्रीत भई दुर्घटना हुँदा बाँया खुट्टामा चोट, बोल्न सक्ने अवस्थामा सामान्य निम्स अस्पताल दमकमा प्रहरीको निग्रानीमा उपचार हुँदै गरेको छ ।   

स्कुटी इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको छ भने सो सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।