झापा । 

वैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी झापाबाट पक्राउ परेका छन् । वैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ६ दासपुल आन्दाजी ५८ बर्षिया मुना श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । 

उच्च अदालत पाटनको मिति २०७३/०२/२७ गतेको फैसलाले १ दिन कैद र २ लाख २० हजार जरिवाना तोकेको थियो ।

 यसैगरी सोही अदालतको मिति २०७९/०४/२३ गतेको फैसलाले १८ दिन कैद  र ५ लाख रुपैयाँ जरिवाना तोकी फरार रहेकी श्रेष्ठलाई आइतवार ७ साँझ बजेको समयमा उनकै घरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापा पठाएको प्रहरीले जनाएको छ ।