बिर्तामोड ।
नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले तेसैो दिन सोमवार पनि देउसीभैलो अन्तरगत कोषका लागि आर्थिक संकलन कार्यक्रमलाई निरन्तरता दिएको छ ।
समाजले बिर्तामोड नगरका बन्धुहरुका घरमा यसबर्ष पनि देउसीभैलो कार्यक्रम अन्तरगत आर्थिक संकलनलाई निरन्तरता दिएको हो । समाजले बिर्तामोड नगर नगरभित्र छरिएर रहेका दशनामी बन्धुहरुलाई एकीकृत गर्ने उदेश्यले बिर्तामोड क्षेत्र बन्धुहरुका घरमा आर्थिक संकलन कार्यलाई निरन्तरता दिएको नगर अध्यक्ष खड्गराज गिरीले बताए । नगरका दशनामी बन्धुहरुमा मर्दापर्दा सहयोग गर्ने उदेश्यले केही बर्ष अघिदेखि देउसीभैलोका रुपमा आर्थिक संकलन गर्दै आएको छ ।
कोरोना महामारीका कारण २ बर्षदेखि स्थगित गरेको देउसीभैलो अर्थात कोषका लागि आर्थिक सहयोग संकलन कार्यक्रमलाई नगर समितिले यस बर्ष पनि निरन्तरता दिएको नगर अध्यक्ष खड्गराजले जानकारी दिए ।
बिर्तामोड नगरका दशनामी बन्धुहरुको घर–आँगनमा पुगेर भेटघाटसहित देउसीभैलोको रुपमा आर्थिक संकलन गरिएको नगर सचिव प्रजित पुरीले जानकारी दिए । गत बिहीवारदेखि शुरु भएको आर्थिक संकलन सोमवार पनि बिर्तामोड क्षेत्रका बन्धुहरुका घरमा आर्थिक संकलनसहित भेटघाट गरेको थियो ।
सकेसम्म नगरका सवै दशनामी बन्धुहरुकहाँ पुग्ने योजना रहेको नगरका बरिष्ठ उपाध्यक्ष तथा देउसीभैलो तथा आर्थिक संकलन समितिका संयोजक खेमराज गिरीले बताएका छन् । नगर समितिले नगरभित्र बन्धुहरुका घरमा मरिमराउ हुँदा उक्त कोषबाट ५ हजार एक सय रुपैयाँ, फलफूल साथै समवेदना लिएर जाने गरेको नगर कोषाध्यक्ष बिदुर गिरीले बताए ।
सोमवारको आर्थिक संकलन कार्यक्रममा समाजका कोशी प्रदेश अध्यक्ष तथा नगर सल्लाहकार पदमबहादुर पुरी (प्रकाश), केन्द्रिय तथा नगर सल्लाहकार बालकृष्ण गिरी, नगर प्रेस सल्लाहकार उद्धव पुरी, नगर सदस्य रणबहादुर गिरीलगायतको दशनामी बन्धुहरुको टोलीको सहभागीता रहेको थियो ।