सुनसरी ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले जुवा तास खेल्ने १५ जनाको समुहलाई पक्राउ गरेको छ । आइतबार  बिहान सुनसरी बराहक्षेत्र नगरपालिका-३ नडाहा स्थित जिवन कार्कीको घरमा जुवा तास खेलीरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा ललितपुर सातदोबाटो का-४४ बर्षीय नवराज राई, सुनसरी इटहरी उप-महानगरपालिका-१ का ५१ बर्षीय प्रदिप तामाङ, बराहक्षेत्र-५ का २७ बर्षीय नारायण कार्की, ४१ बर्षीय उत्तम मगर,  बराहक्षेत्र-३ का ३२ बर्षीय बिदुर कार्की, ४४ बर्षीय दिनराज राई,२४ बर्षीय मान बहादुर कार्की छन् । 

यसैगरी बराहक्षेत्र-८ का ४९ बर्षीय खड्ग बहादुर विष्ट, रामधुनि नगरपालिका-५ का ४६ बर्षीय गौरी शङकर लुइटेल, बराहक्षेत्र -३ का ४५ बर्षीय रेवत थापा, ३४ बर्षीय खगेन्द्र कार्की-३० बर्षीय दिपेन्द्र कार्की, भोजपुर अरुण गाउँपालिका-३ का ४५ बर्षीय जीवन कार्की, हतुवागडी-७ का ३५ बर्षीय  ज्ञान बहादुर राई, भोजपुर आमचोकका ४१ बर्षीय दुर्गाराज राइलाई पक्राउ गरेको हो । 

प्रहरीले जुवाको खालबाट नगद  लाख ६८ हजार ९ सय ९५ रुपैयाँ र २२ बुङ तास समेत बरामद गरेको छ । पक्राउ परेका उनिहरुको आवश्यक कानुनी कारवाही भईरहेको प्रहरीले जनाएको छ । सकेत तस्बिर