झापा ।
ओखलढुंगाको चिसंखुगढीमा देउसी खेल्ने क्रममा झगडा हुँदा दुईजना घाइते भएका छन् ।ओखलढुंगाको चिसंखुगढी–६ भदौरेमा सोही स्थानका अन्दाजी १७ वर्षीय अन्जन गदैली, उनका दाजु अन्दाजी २६ वर्षीय सोमबहादुर र सोही ठाउँ बस्ने अन्दाजी ३० वर्षीय बिराज गदैलीबिच देउसी खेल्ने क्रममा विवाद भएको थियो ।
गएराति ९ः५० बजे बिराज गदैलीले कुटपिट गरी भाइ अन्जन गदैलीको टाउको फुटाइदिएका छन् भने उनका दाजु सोमबहादुरको अनुहारमा चोट लागेको छ । घाइते दुवै दाजुभाइलाई उपचारको लागि सामुदायिक मिसन अस्पताल ओखलढुंगा पठाइएको छ ।
आज बिहान ५ बजे प्रहरी चौकी निशंखेमा खबर प्राप्त भएपछि प्रहरी टोली खटिएर कुटपिट गर्ने बिराज गदैलीको खोजतलास भइरहेको जनाइएको छ ।