लक्ष्मीपुर । 

झापामा आगामी मंसीर ८ गते जगत् गुरु शंकराचार्य महाराज जी आउने भएकी छन् । झापाको बुद्धशान्ति–५ गडीगाउँमा मंसीर ६ देखि १२ गतेसम्म आयोजना हुन लागेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा जगत् गुरु शंकराचार्य महराज जि हेमानन्द गिरी आउने भएकी हुन् । 

स्थानीय टीकराम गिरी, डम्बरकुमारी गिरी, छोरा पर्यावरणबिद रुद्रप्रसाद गिरीले पितृ उदार्थ एवं आफ्नो आत्मा कल्याण र सन्तान सन्ततिहरुको उज्वल मंगलमय जीवनको कामनाका लागि आयोजना गरिएको महायज्ञमा आशिर बचन दिन महाराज जि हेमानन्द आउन लागेकी रुद्रप्रसाद गिरीले जानकारी दिए ।  

महायज्ञमा प्रमुख व्यासत्व भागवताचार्य पं. तेजराज सुवेदी रहने छन् भने सह– व्यासत्व पं. खगेन्द्र घिमिरेको रहने आयोजक गिरी परिवारले जनाएको छ । महायज्ञमा मंसीर ६ गते बिहान ९ बजे सोभा यात्रापछि मण्डप पूजा एवं कथा प्रराम्भ हुने रुद्र प्रसाद गिरीले बताए । 

गिरीका अनुसार मंसीर ७ गतेदेखि ११ गतेसम्म बिहान ७ बजेदेखि कथाबाचन, दिउँसो १ बजेदेखि ३ः३० बजेसम्म पुनः कथा बाचन, साँझ ७ बजेदेखि ९ बजेसम्म आरती महात्म्य, भजनकिर्तन, मंसीर ८ गते शंकराचार्य आशिर बचन, मंसीर ११ गते साँझ लक्षवत्तिका दीप्रज्वलन र मंसीर १२ गते पूर्णाहुति तथा यज्ञ समापन हुनेछ । गिरी परिवारले सम्पूर्ण भक्तजनहरुलाई महायज्ञमा उपस्थित भएर कथा श्रवण गरिदिन हार्दिक निमन्त्रणासमेत गरेको छ ।