झापा ।
झापाको कमल गाउपालिका वडा नम्बर ६ निरौला कृषि गाई फर्ममा काम गर्ने एक जनाको इलेक्ट्रिनिक मेसिनले हात काटेको छ । दमक नगरपालिका–४ का ४० बर्षिय बिनोद भुर्तेलले इलेक्ट्रिनिक मेसिनबाट कुटी काट्ने क्रममा हात काटेका हुन् ।
आज (शनिवार) दिनको १२ः३० बजेको समयमा मेशिनले उनको बायाँ हातको पाँच वटा औँला काटी घाईते भएका थिए । घाइते उनको निम्स अस्पताल दमकमा सामान्य उपचारपछि थप उपचारको लागि बिराट मेडिकल कलेज बिराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ ।
उनको अवस्था बोल्न सक्ने मध्यम भन्ने खबर अस्पतालले इलाका प्रहरी कार्यालय दमकमा जानकारी गराएपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली गएको थियो । प्रहरी टोलीले सो सम्बन्धमा थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । संकेत तस्वीर