झापा ।
झापाको दमक नगरपालिका वडा नम्बर ९ शान्ति चोकमा श्रीमानले श्रीमतीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन् । दमक–९ शान्ति चोकका का ७१ बर्षिय राजेन्द्र शाहले मापसे गरी आफ्नै श्रीमती ५९ बर्षिय दिलमाया ठकुरीलाई धारिलो हतियार प्रहार गरी घाइते बताएका हुन् ।
गएराति ८ बजेको समयमा शाहले श्रीमती दिलमायालाई दुबै खुट्टामा प्रहार गरी घाइते वनाएको आज (शनिवार) इलाका प्रहरी कार्यालय दमकमा अन्दाजी बिहान १० बजे प्राप्त भएको थियो ।
उक्त जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय दमकबाट टोली खटि गई घाइते लाई उपचारको लागि निम्स अस्पताल दमक पठाएको थियो ।
तत्काल घाइतेको अवस्था बोल्न सक्ने मध्यम, उपचारमा आफन्त संलग्न रहेका छन् । धारिलो हतियार प्रहार गर्ने राजेन्द्र इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन् । सो सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।