विराटनगर।
सुनसरी ,उदयपुर र संखुवासभाबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर र निषेधित औषधीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार वडा प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरी टोलीले धरान उप–महानगरपालिका–१० पुष्पलाल टोलका ३० बर्षीय केराज चाम्लिङ राईलाई निषेधित औषधी ट्रामोल–६५० क्याप्सुल, ट्रामानिल–४८० क्याप्सुल, स्पास्पेन–११४१ चक्की, डिकोलिक–८ ट्याब्लेट र स्पास्रेस्ट–३ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ ।
यसैगरी उदयपुरको प्रहरी चौकी लालपताले चेकजाँचको क्रममा ना १ ज ६८४९ नम्बरको वीङगरमा सवार त्रियुगा नगरपालिका–६ का ३० बर्षीय राजु सदालाई निषेधित औषधी बुप्रिनोर्फिन–३ एम्पुल, डाइजेपाम–३ एम्पुल, फेनार्गन–३ , एस्पामो प्रोक्जिभोन–८ ट्याबलेट र नाईट्राजेपाम–१० ट्याबलेट सहित नियन्त्रणमा लिएको छ ।
त्यसैगरी प्रहरी चौकी केवाबेसी संखुवासभाको टोलीले चेकजाँचको क्रममा धनकुटा देखी खादबारी तर्फ आउदै गरेको प्र.१–०२–००१ज ४५२५ नंम्बरको भ्ख् गाडीमा सवार संखुवासभा चैनपुर नगरपालिका–९ का २४ वर्षिय सरोज खत्रीलाई TRAMOL50 ९ पिस र SPASPAIN १० पिससहित पक्राउ गरेको छ । प्रतिबन्धित लागूऔषध र पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।