बिर्तामोड ।
नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले देउसीभैलो अन्तरगत कोषका लागि आर्थिक संकलनसहित बन्धुहरुको घर–आँगनमा पुगेर तिहारको शुभकामना आदान–प्रदान गरेको छ । नगर समितिले यस बर्ष पनि अघिल्ला बर्षहरुझै आर्थिक संकलन कार्यसहित बिर्तामोड नगरका दशनामी बन्धुहरुका घर–घरमा पुगेर कोषका लागि आर्थिक संकलनलाई निरन्तरता दिदै शुभकामना आदान–प्रदान गरेको हो ।
समाजले बिर्तामोड नगरका बन्धुहरुका घरमा यसबर्ष पनि देउसीभैलो कार्यक्रम अन्तरगत आर्थिक संकलनलाई निरन्तरता दिएको हो । समाजले बिर्तामोड नगर नगरभित्र छरिएर रहेका दशनामी बन्धुहरुलाई एकीकृत गर्ने उदेश्यले शुक्रवार दोस्रो दिन बिर्तामोड क्षेत्र बन्धुहरुका घरमा आर्थिक संकलन कार्यलाई निरन्तरता दिएको नगर अध्यक्ष खड्गराज गिरीले जानकारी दिए ।
नगरका दशनामी बन्धुहरुमा मर्दापर्दा सहयोग गर्ने उदेश्यले केही बर्ष अघिदेखि देउसीभैलोका रुपमा आर्थिक संकलन गर्दै आएको छ । कोरोना महामारीका कारण २ बर्षदेखि स्थगित गरेको देउसीभैलो अर्थात कोषका लागि आर्थिक सहयोग संकलन कार्यक्रमलाई नगर समितिले यस बर्ष पनि निरन्तरता दिएको नगर अध्यक्ष खड्गराजले बताए ।
देउसीभैलोका रुपमा कोषका लागि आर्थिक संकलन कार्यक्रमलाई निरन्तरता दिदै कोष स्थापना गर्ने योजना रहेको अध्यक्ष खड्गराजले बताएका छन् । उनका अनुसार आगामी सोमबारदेखि पुनः आर्थिक संकलन कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
बिर्तामोड नगरका दशनामी बन्धुहरुको घर–आँगनमा पुगेर भेटघाटसहित देउसीभैलोको रुपमा आर्थिक संकलन गरिने नगर सचिव प्रजित पुरीले जानकारी दिए । पहिलो दिन चारपानेमा देउसीभैलो अर्थात आर्थिक संकलन गरेको नगर समितिले दोस्रो दिन शुक्रबार बिर्तामोड क्षेत्रका बन्धुहरुका घरमा आर्थिक संकलनसहित भेटघाट गरेको थियो ।
सकेसम्म नगरका सवै दशनामी बन्धुहरुकहाँ पुग्ने योजना रहेको नगरका बरिष्ठ उपाध्यक्ष तथा देउसीभैलो तथा आर्थिक संकलन समितिका संयोजक खेमराज गिरीले बताएका छन् । बन्धुहरुको भलोकै लागि नगर समितिले काम गरिरहेकाले सवैले सकेको आर्थिक सहयोग गर्दै उक्त कार्यक्रममा सहभागीता जनाउन सवै बन्धुहरुलाई संयोजक खेमराज गिरीले आग्रहसमेत गरेका छन् ।
नगर समितिले नगरभित्र बन्धुहरुका घरमा मरिमराउ हुँदा उक्त कोषबाट ५ हजार एक सय रुपैयाँ, फलफूल साथै समवेदना लिएर जाने गरेको नगर कोषाध्यक्ष बिदुर गिरीले बताए । उनका अनुसार बन्धुहरुको सहयोगका लागि नै नगर समितिले देउसीभैलोका रुपमा आर्थिक संकलन गरेको हो ।
बिहीवार बिर्तामोड–२ स्थित चारपानेबाट शुरु गरिएको देउसी भैलो अन्तरगत आर्थिक संकलन कार्यक्रमलाई तिहारपछिसम्म निरन्तरता दिइने संयोजक खेमराजले बताएका छन् ।
शुक्रवारको कार्यक्रममा समाजका कोशी प्रदेश सह–सचिव तथा नगर सल्लाहकार उमेश भारती, नगर सल्लाहकार शंकर गिरी, नगर प्रेस सल्लाहकार उद्धव पुरी, नगरका अक्षयकोष संस्थापक अध्यक्ष तथा निवर्तमान अध्यक्ष अर्जुन गिरी, नगर सदस्य रणबहादुर गिरी, बिनोद गिरी (बद्री), हरि गिरीलगायत दशनामी बन्धुहरुको टोलीको सहभागीता रहेको थियो ।