झापा ।
तिहारको दियोबाट अचानक आगलागी भएर किराना सामान जलेर नष्ट भएको छ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ३ धिमाल गाँउमा उक्त आगलागी भएको हो ।
गएराति धिमाल गाउँकी शर्मिला मेचेको टिनको छाना भएको घुम्ती अर्थात किराना पसलमा दियोबाट अचानक आगलागी हुँदा पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
हिजो साँझ ८ः३० बजेको समयमा भएको उक्त आगलागी स्थानियबासीको सहयोगमा ८ः४५ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।
आज (शुक्रवार) बिहान ८ः३० बजे अस्थाई प्रहरी पोष्ट भृकुटिमा जानकारी प्राप्त हुन साथ तत्काल प्रहरी टोली गएर बुझ्दा उक्त आगलागीबाट पसल भित्र रहेको किराना सामान लगायत अन्य सर–सामानहरु पूर्ण रुपले जलेर नष्ट हुँदा एक लाख रुपैयाँ बरावरको क्षति भएको छ । सो सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।