चारपाने ।
नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले बिर्तामोड नगरका बन्धुहरुका घरमा यस बर्ष पनि देउसीभैलो कार्यक्रम सञ्चालन गरेको छ । नगर समितिले नगरभित्र रहेका दशनामी बन्धुहरुको घरमा मर्दापर्दा सहयोग गर्ने उदेश्यले केही बर्ष अघिदेखि देउसीभैलोका रुपमा आर्थिक संकलन गर्दै आएको छ ।
कोरोना महामारीका कारण २ बर्षदेखि स्थगित गरेको देउसीभैलो अर्थात कोषका लागि आर्थिक सहयोग संकलन कार्यक्रमलाई नगर समितिले यस बर्ष पनि निरन्तरता दिएको समाजका बिर्तामोड नगर अध्यक्ष खड्गराज गिरीले जानकारी दिए ।
समाजले यस बर्ष तीनदिने देउसीभैलोका रुपमा कोषका लागि आर्थिक संकलन कार्यक्रम आयोजना गरेको अध्यक्ष खड्गराजले बताए ।
बिहीवार, शुक्रबार र शनिवार बिर्तामोड नगरका दशनामी बन्धुहरुको घर–आँगनमा पुगेर भेटघाटसहित देउसीभैलोको रुपमा आर्थिक संकलन गरिने नगर सचिव प्रजित पुरीले बताए ।
पहिलो दिन बिहीवार चारपानेबाट देउसीभैलो अर्थात आर्थिक संकलन कार्यक्रम शुरु गरिएको र सकेसम्म नगरका सवै दशनामी बन्धुहरुकहाँ पुग्ने योजना रहेको नगरका बरिष्ठ उपाध्यक्ष तथा देउसीभैलो तथा आर्थिक संकलन समितिका संयोजक खेमराज गिरीले बताएका छन् ।
बन्धुहरुको भलोकै लागि नगर समितिले काम गरिरहेकाले सवैले सकेको आर्थिक सहयोग गर्दै उक्त कार्यक्रममा सहभागीताका लागि संयोजक खेमराज गिरीले अनुरोधसमेत गरेका छन् ।
नगर समितिले नगरभित्र बन्धुहरुका घरमा मरिमराउ हुँदा उक्त कोषबाट ५ हजार एक सय रुपैयाँ, फलफूल साथै समवेदना लिएर जाने गरेको नगर कोषाध्यक्ष बिदुर गिरीले बताए । उनका अनुसार बन्धुहरुको सहयोगका लागि नै नगर समितिले देउसीभैलोका रुपमा आर्थिक संकलन गरेको हो ।
बिहीवार बिर्तामोड–२ स्थित चारपाने, बेलडाँगीलगायतका बन्धुहरुको पुगेको नगर समिति शुक्रबार र शनिवार पनि बिर्तामोड र बुट्टाबारीका बन्धुहरुको घरमा जाने कार्यक्रम तय गरिएको संयोजक खेमराजले बताएका छन् ।
बिहीवारको कार्यक्रममा केन्द्रिय तथा नगरका सल्लाहकार बालकृष्ण गिरी, समाजका कोशी प्रदेश सह–सचिव तथा नगर सल्लाहकार उमेश भारती, नगर प्रेस सल्लाहकार उद्धव पुरी, नगरका निवर्तमान अध्यक्ष अर्जुन गिरी, नगरकी महिला उपाध्यक्ष सम्झाना पुरी गिरी, नगर सदस्य रणबहादुर गिरी, बिनोद गिरी (बद्री), हरि गिरीलगायत दशनामी बन्धुहरुको सहभागीता रहेको थियो ।