झापा ।
झापाको गौरादह नगरपालिका–७ जामबारीमा गोरुले हान्दा एक जनाको मृत्यु भएको छ । गौरादह–७ का अन्दाजी ४८ बर्षिय कृष्ण शर्माको गोरुले हानेर मृत्यु भएको हो ।
बारीमा बाँधेको आफ्नै गोरु सार्ने क्रममा हानेर घाईते भएका शर्माको उपचारका क्रममा मृत्यु भएको छ । गोरुले हानेर घाइते भएका उनलाई उपचारको लागि आफन्तले लाईफलाईन अस्पताल दमक ल्याएका थिए । उपचाररत शर्माको उपचारकै क्रममा बिहीवार ४ः२० बजेको समयमा मृत्यु भएको छ ।
गोरुले हानेर शर्माको ढाडको ७ वटा करङ भाँचिएकोले थप उपचारको लागि नोबेल अस्पताला बिराटनगर रेफर गरिएको थियो । उपचारकै क्रममा शर्माको मृत्यु भएको बताइएको छ ।
यसैगरी सोही गोरुलाई समाउने क्रममा शर्माका छिमेकी अन्दाजी ४५ बर्षिय रविन राजवंशीलाई समेत टाउकोमा समान्य चोट लागेर लाईफ लाईन अस्पताल दमकमा नै उपचार भईरहेको प्रहरीले जनाएको छ ।
६ः५५ बजे इलाका प्रहरी कार्यालय गौरीगञ्जमा घटनाको बिषयमा जानकारी प्राप्त हुन साथ प्रहरीको टोली घटनास्थल गएर थप बुझ्ने कार्य भईरहेको छ । घाईते रविन राजवंशीको टाउकोको सिटी स्क्यान गर्नु पर्ने भएकोले साँझ ७ः४० बजे नोबेल अस्पताल बिराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ ।
कृष्ण शर्माको उपचारको क्रममा मृत्यु भएर कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय मोरङसँग समवन्य गरेर सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।