बिर्तामोड ।
पूर्वेली ढुवानी सेवा प्रा. लि बिर्तामोडले व्यवसायलाई थप मजबुद बनाउँदै लगेको छ । कोशी प्रदेश र बाहिरका विभिन्न जिल्लामासमेत सेवा दिँदै आएको पूर्बेलीले आज (बिहीवार) ५ वटा ट्रक थप गरेर सेवालाई थप मजबुद र व्यवस्थित बनाएको हो ।
टाटा मोटर्सको आधिकारिक विक्रेता सिपर्दी ट्रेडिङ धाईजनमा पुगेर ढुवानी सञ्चालक निर्मलराज खत्री र हरि बस्नेतले गाडीको चाबी ग्रहण गरे । सञ्चालक खत्रीलाई सिप्रदीका सर्भिस म्यानेजर सन्तोष पट्टेलले चाबी हस्तान्तरण गरेका हुन् ।
प्रविधिको विकाससँगै ढुवानीका क्षेत्रमा प्रतिस्पर्धासमेत बढ्दै गएकोले ५ वटा १० चक्के ट्रक थप गरेको सञ्चालक खत्रीले बताए।
पूर्वेलीले २५१८ सी मोडलको ट्रक खरीद गरेको हो । यस कम्पनीले सुनसरीको ईटहरीमासमेत कार्यालय राखेर सेवा दिँदै आएको छ । सञ्चालक खत्री ट्रान्सपोर्ट एशोसिएसन संघ झापाका कोषाध्यक्षसमेत हुन् । व्यवसायी खत्री ढुवानी क्षेत्रका अव्वल व्यवसायी हुन् ।