विराटनगर ।
इलाम र सुनसरी जिल्लाबाट जुवा तास खेल्ने १८ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । इलामको इलाम नगरपालिका–७ बाट बुधवार जुवा खेलिरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले तास खेल्दै गरेको अवस्थामा इलाम उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा इलाम–६ का ४४ वर्षीय सुमन श्रेष्ठ, ३७ बर्षीय रञ्जन बिक, ४२ बर्षीय बिकास लिम्बु , ४० बर्षीय मणिकुमार प्रधान, ४१ बर्षीय मिनराज सुब्बा, इलाम–७ का २७ बर्षीय सुवास श्रेष्ठ, ३० बर्षीय अनिल श्रेष्ठ, इलाम–८ का ३३ बर्षीय देव कुमार राई, ३५ बर्षीय केशब सुबेदी, इलाम–६ का ४० बर्षीय सुन्दर परियार, इलाम–३ का २८ बर्षीय कर्ण तामाङलाई पक्राउ गरेको हो । प्रहरीले जुवाको खालबाट नगद २ लाख ४५ हजार ३ सय ६० रुपैयाँ र १० बुङ तास समेत बरामद गरेको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सुनसरी धरान उप–महानगरपालिका–१ आदर्श मार्गबाट शम्भु रेग्मीको घरमा जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान–१ का ३१ बर्षीय प्रज्वल रेग्मी, ३१ बर्षीय सबिन बस्नेत, २९ बर्षीय रवि चौधरी, ३५ बर्षीय प्रदिप सुवेदी, धरान–१६ का २९ बर्षीय आशिष प्रधान, धरान–१५ का ३२ बर्षीय अविशेक लिम्बु र धरान–१२ का ३६ बर्षीय रवि साहलाई नगद ४७ हजार २ सय र १ बुङ ताससहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुको आवश्यक कानुनी कारवाही भइरहेको प्रहरीले जनाएको छ । संकेत तस्वीर