बिर्तामोड । 

झापाको विर्तामोड नगरपालिकाका कर्मचारीहरुको बिषयमा केही सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि आगामी दिनमा गुणस्तरीय, सहज र सरल ढंगले सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाएका छन् । 

केही दिन अघि केही सञ्चार माध्यमहरुमा प्रकाशित सामाचारप्रति उनीहरुको गम्भीर ध्यानाकर्षण भएको छ । बिर्तामोड नगरपालिकाका कर्मचारीहरुले बुधवार एक बिज्ञप्ती जारी गर्दै सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा शाखा प्रमुखहरुको तस्विरसहित नाम नै तोकेर विभिन्न लाञ्छना लगाउने काम भएको भन्दै आपत्ति जनाएका हुन् । 

नगरपालिकाको सबै शाखा प्रमुख र कर्मचारीहरुमा समाचारमा आए जस्तो तिक्ततापूर्ण व्यवहार नभएको र प्रक्रियागत ढंगले आएका कुनैपनि योजना प्रभावित नभएको उनीहरुद्धारा जारी प्रेस बिज्ञप्तीमा उल्लेख छ । 

नगरपालिका कर्मचारीको तर्फवाट सेवाग्राहीलाइ विना कारण कुनै ढिला सुस्ती, सेवा प्रवाहमा गलत मनसायले झण्झट तथा दुःख नदिएको र आगामी दिनमा अझै गुणस्तरीय, सहज र सरल ढंगले सेवा प्रवाह गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्दछौं । जारी बिज्ञप्तीमा उल्लेख छ । 

बिज्ञप्तीमा भनिएको छ ‘नगरपालिकाको कुनै पनि विषयवस्तु प्रति समाचार लेख्दा आधिकारिक व्यक्तिहरुसँग सत्यतथ्य बुझेरमात्रै लेखिदिन सम्बन्धित सवैमा अनुरोध गर्दछौ ।’