दमक ।
झापाको दमकमा पटका पड्काउने क्रममा बालक घाइते भएका छन् । मंगलबार साँझ अन्दाजी ५ बजेको समयमा दमक नगरपालिका वडा नम्बर–६ का ६ बर्षिय बालक बिद्यम अग्रवाल पटका पड्काउने क्रममा घाइते भएका हुन् ।
बालक अग्रवालको पटका पडकाउने क्रममा अनुहारमा लागेर घाईते भई उपचारको लागी लाईफ लाईन अस्पताल दमकमा ल्याएको थियो । सामान्य उपचार पश्चात थप उपचारको लागि भारत सिलगुडीतर्फ रेफर गरिएको प्रहरीले जनाएको छ ।
सो सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।