हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिका क्षेत्रभित्र वस्तु, सेवासम्बन्धी कुनैपनि व्यवसाय, बिक्रीस्थल, पसल, हाट बजार, मेला, महोत्सव जस्ता व्यवसाय सञ्चालन नगर्न आग्रह गरेको छ ।
पालिकाले प्रचलित ऐन कानुन बमोजिम सम्बन्धित निकायबाट स्वीकृत तथा इजाजत पत्र लिएर मात्र त्यस्ता पसल साथै ब्यवसाय सञ्चालन गर्न सवैमा आग्रह गरेको हो ।
पालिका क्षेत्रभित्र विना अनुमति हुलाकी सडक र आसपासमा सडक प्रभावित हुने गरी हाट बजार सञ्चालन गरिएको भन्ने जनगुनासो एवं उजुरी प्राप्त भएको पालिकाले जनाएको छ । पालिकाले एक सूचना जारी गरेर परापूर्वकालदेखि चलिआएको हाट बजार बाहेक कुनैपनि वजार समिति वा व्यक्तिका नाममा सडक छेउ कुनैपनि हाट बजार सञ्चालन नगर्न जानकारी गराएको छ ।
कार्यपालिकाको गत सोमवारको निर्णयानुसार अनुसार परापूर्वककालदेखि सञ्चालन हुँदै आएका हाट बजार बाहेक कोही कसैले सम्बन्धित निकायको स्वीकृति÷सहमति नलिई हाट बजार सञ्चालन गरे प्रचलित कानुन बमोजिम हुने पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) द्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।