झापा । 

पूर्वी नाका काँकरभिट्टाबाट मदिराजन्य पदार्थसहित चारतीय सावारी र चालक प्रहरीले पक्राउ गरेको छ । भन्सार छलेर ल्याइदै गरेको मदिरा र चालकसहितको सवारी साधन नियन्त्रणमा लिइएको हो । 

इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले आज (मंगबार) बिान ९ बजे झापाको मेचीनगर–६ भन्सारगेट पछाडि भारतबाट नेपालतर्फ आउँदै गरेको BR 22 F5051 नम्बरको भारतीय कारलाई चेकजाँच गर्ने क्रममा नियन्त्रण गरिएको हो । 

उक्त कारमा फल्स बटम बनाई डिकि लगायतका अन्य भागहरुमा अबैध रुपमा भन्सार छलेर लुकाई छिपाई ल्याउदै गरेको ब्ल्याक माउन्टेन हस्की–२५४ बोतल, सुपर स्ट्रोङ बियर–२४ बोतल अन्दाजी एक लाख ९८ हजार ९०० रुपैयाँ गाडीको विगो समेत गरी जम्मा ८ लाख ९८ हजार ९०० विगो बराबरको मदिरा र भारतीय कार नियन्त्रण गरिएको प्रहरीले जनाएको छ । 

कारसहित  भारतीय चालक जितेन्द्रकुमार पासवानलाई नियन्त्रणमा लिएर थप कानुनी कारवाहीको लागि मेची भन्सार कार्यालय झापा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।